अग्रजले देखाएकाे बाटाेमा हिडेर जिल्लाकाे मुहार बदल्नु छ: मन्त्री राणा

मंशिर २३ प्यूठान

 प्यूठान।   गुणस्तरीय शिक्षा ,हाम्राे प्रतिबद्धता ,राष्ट्रकाे आबश्यकता भन्ने मुल नाराका साथ स्वर्गद्वारी बहुमुखी क्याम्पसकाे १२ ओैं अधिबेशन तथा १४ ओैं क्याम्पस सभा लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री राेजराणाकाे प्रमुख आतिथ्यतामा आज क्याम्पसकाे सभाहल पुण्यखाेलामा सम्पन्न भएकाे छ।


पानसमा दिप प्रज्वलन गरी कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि राणाले अग्रजकाे सम्मान गर्दै क्याम्पसकाे चाैतर्फि बिकासका लागि कहिल्यै पछाडि नपर्ने बताउनु भयाे।यसै आर्थिक बर्षमा अधुराे भबन पुर्ण गर्नका लागि ३० लाख रुपैयाँ बिनियाेजन गरि सकिएकाे र आगमि आर्थिक बर्षमा थप याेजनाहरु ल्याउने बताउनु भयाे।


“म प्यूठान जिल्लाकाे बिकास गर्न जिल्लाकाे मुहार बदल्न राजनितिमा आएकाे हु ,टेक्निकलि रुपमा म मन्त्री भएकाे छु तर अग्रजलाई सधैंभरि सम्मान गर्दै अग्रजले देखाएको बाटाेमा हिड्ने छु” राणाले भन्नुभयाे।
प्रमुखअतिथिबाट क्याम्पसमा स्थपना समय देखि विभिन्न पक्षमा याेगदान पुराउनुहुने पुर्व जिल्ला बिकास समितिका सभापति कृष्ण जि सि,समाजसेवि केशब कर्मचार्य,जिल्लाकै प्रख्यात व्यवसायि मेघराज कक्षपति लगाएतलाई दाेसल्ला ओढाई सम्मान पत्र प्रदान गरिएकाे हाे।


संचालक समितिका अध्यक्ष पुर्व मन्त्री  कृष्णध्वज खड्काकाे अध्यक्षतामा सुरु भएकाे १२ ओैं अधिबेशन तथा १४ ओैं सभाबाट संचालक समितिकाे अध्यक्षमा नेपाली काङ्ग्रेसका नेता मुक्ति माध्यमिक बिधालय राताराटाकाे पुर्व प्रधानाध्यापक हुकुम बहादुर बिष्ट चयन हुनु भएकाे छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।