निर्माण व्यवसायि संघले रक्तदान गरी मनायाे स्थापना दिबश।
मंशिर २२ ,प्यूठान
निर्माण व्यवसायि संघ प्यूठानले १८ ओैं राष्ट्रिय निर्माण दिबशकाे अबसरमा आज रक्तदान कार्यक्रम आयाेजना गरेकाे छ।

रक्तदान नै जिवनदान भएकाले निर्माण व्यवसायि संघ प्यूठानले नेपाल रेडक्रस साेसाईटी रक्तसञ्चार सेवा केन्द्र बिजुवार प्यूठानमा आयाेजना गरिएकाे कार्यक्रममा संघका अध्यक्ष नवीन श्रेष्ठ ,बरिष्ठ उपाध्यक्ष शाेभाराम न्याैपाने,काेषाध्यक्ष माधब भण्डारी,सदस्य अर्जुन श्रेष्ठ र कमल श्रेष्ठले रक्तदान गरेका हुन।

संघकाे मुल नारा नै “पुर्बधार बिकास, राष्ट्र निर्माणकाे आधार,बनाै सर्बपक्षिय जिम्मेवार ” रहेकाले निर्माण व्यवसायिहरु हरेक क्षेत्रमा जिम्मेवारी हुनुपर्ने अध्यक्ष श्रेष्ठले बताउदै रक्तसञ्चार सेवा केन्द्रमा रगतकाे अभाब हुन नदिन जतिसुकै बेलापनि आफुहरु रगत समूह अनुसार खबर गरेमा उपस्थित भइ रक्तदान गर्ने बताए।

रक्तदान कार्यक्रममा निबर्तमान अध्यक्ष पशुपति नकर्मि र जिल्ला स्थित निर्माण व्यवसायिहरुकाे उपस्थिति रहेकाे थियाे।