राताे प्लेटका सवारीले मुख्य चाेकमा यात्रु बाेक्न निषेध
पाैष ४ प्यूठान
प्युठान। प्युठान नगरपालिकाले नगर क्षेत्रमा रहेका मुख्य सडकलाई ब्यबस्थित गर्ने उद्देश्यका साथ मिति २०८२ मंसिर १६ गते बसेको नगर क्षेत्रभित्रको यातायात व्यवस्थापनका लागि भएको बैठकका निर्णयहरु सार्वजनिक गरेको छ ।

उक्त निर्णयहरु तत्काल कार्यान्वयन गर्नको लागि सम्बन्धित विभिन्न पक्षहरुलाई पत्राचार गरीसकेकाे नगरपालिका स्राेतले जनाएको छ।
* नगर क्षेत्रमा रहेको मुख्य सडकमा बिहान ९ बजेदेखि साँझ ४:३० बजेसम्म मालवाहक गाडीहरुले सामानहरू लोड तथा अनलोड गर्न नपाउने व्यवस्था मिलाउने।
* बढ्दो सवारी ट्राफिक चापलाई न्यूनीकरण गर्नका लागि जुम्री बिजुवार बाग्दुला क्षेत्रमा प्यासेन्जर चढाउन र ओराल्नका लागि १० मिनेट भन्दा बढी समय नदिने र सबै यात्रुवाहक सवारी साधनहरु बसपार्क बाटै सञ्चालन गर्ने
* सडकको दायाँबायाँ सटरदेखि बाहिरी पेटी मिचेर राखेका सामान तथा स्टलहरू हटाउने निजी सवारी साधन रातो प्लेटका सवारी साधनहरूले सवारी ओसारपोसार गर्न पूर्णत रोक लगाउने त्यस्तो उद्देश्यले चोकहरुमा रोक्न पूर्णत निषेध गर्ने
* क्वाडी जुम्री बिजुवार बाग्दुला लगायतका मुख्य सडकमा रहेका टिकट काउन्टरहरू तत्काल हटाउने र ती काउन्टरहरू बसपार्कमा राख्ने व्यवस्था मिलाउने लगाएतका महत्त्वपूर्ण निर्णय गरेकाे छ।
उक्त बैठकमा प्युठान नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर योगी उपप्रमुख देवेन्द्र बर्मा प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खनाल प्रहरी नायब उपरीक्षक नरहरी अधिकारी र प्युठान नगरपालिका वडा नम्बर १ देखि १० सम्मका वडा अध्यक्षहरू नगर कार्यपालिका सदस्यहरू विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू यातायात व्यवसायीहरु उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरू बजार क्षेत्रका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो।