मान्डबिमा जिप दुर्घटना दुई जनाकाे मृत्यु।
प्यूठानको माण्डवी गाउँपालिका -१ डाम्री खोला नजिकै जीप दुर्घटना भएको छ । लु प्र प ०२ ००१ ज ०१०४ नम्बरको सवारी जीप दुर्घटना परेको छ।
घटना स्थलमा दुई जना मृत अवस्थामा देखिएको वडाध्यक्ष बाम बहादुर बुढाले जानकारी दिनुभयाे। उनका अनुसार दुर्घटना कतिबेला भएको यकिन नभएको र सडक मजदुरले दुर्घटनाग्रस्त अवस्थामा देखे पछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी घटना स्थल पुगि सकेको छ । घटना बारे थप बिबरण आउँन बाकि ।