काठमाडौं उपत्यकाको निषेधाज्ञा कडा पार्ने तयारी

काठमाडौं । कोरोना संक्रमण तीब्र बन्दै गएको भन्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गरी कडा पार्ने तयारी भएको छ । यस विषयमा छलफल गर्न आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दै छ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार बैठक आज दिउँसो २ बजेपछि बस्ने तयारी रहेको छ।

‘आजको बैठकले निषेधाज्ञाको अवधि थप गर्ने र यसलाई अझ वैज्ञानिक बनाउने निर्णय गर्छ,’ प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘आज साँझसम्म निर्णय सार्वजनिक होला।’

प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार निषेधाज्ञालाई वैज्ञानिक बनाउने भनेको पहिलेभन्दा केही कडा बनाउने भनिएको हो।

सीसीएसमीको बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले प्रतिनिधित्व गरेको र त्यसअनुसार निषेधाज्ञाको स्वरूप निर्धारण हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए।

यसअघि घोषित निषेधाज्ञाको अवधि भोलि अर्थात साउन २७ गते सकिंदै छ।

कोरोना महामारीको दोस्रो लहर सुरु भएयता गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि पटकपटक थप गर्दै साउन २७ गतेसम्मका लागि लम्ब्याइएको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।