बेनीमा आगलागीः दुई पसलमा क्षति

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट भएका छन् ।

बेनी नगरपालिका–८ स्थित न्यूरोडमा रहेको रघुगंगा डेरी र नयन स्टोर्समा आज विहान आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

आगलागीबाट लाखौँ मूल्यको सामान जलेर नष्ट भएको नयन स्टोर्सका प्रोपाइटर जगननाथ शर्माले जानकारी दिए ।

आगलागी हुँदा ग्यास सिलिण्डर पड्किएर ठूलो आवाज आएको थियो ।

डेरी पसलभित्र बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने राससले जनाएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।