आज संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौंं । संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दैछ । त्यस्तै राष्ट्रिय सभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।

प्रतिनिधि सभाको आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, राष्ट्रिय सभाको बैठकमा ‘रेल्वे विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेस हुने कार्यसूची रहेको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।