अध्यक्ष अमंरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई स्थानीय विप्लव कार्यकर्ताले कालोमोसो दलेर छन

मल्लरानी गाउँपालिका प्यूठानका अध्यक्ष अमंरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई स्थानीय विप्लव कार्यकर्ताले कालोमोसो दलेर भागेका छन् । वडा नम्वर ५ सरङकोटमा रहेको भूमी विकास आधारभूत विद्यालयमा पठनपाठन सम्वन्धी सरोकारवाला निकायहरुबीच छलफल चलिरहेका बेला एक्कासी यूवाहरुको समूहले कालोमोसो दलेर अभद्र व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृत थापाले प्रतिक्रिया दिए ।

‘हामी विद्यालयमा छलफल गरिरहेका थियौँ’,थापाले भने,‘एक्कासी यूवाहरु आएर मोसो दली अभद्र व्यवहार गरेर भागे ।’ थापाका अनुसार स्थानीय गोपीलाल सुनार, होम बहादुर मल्ल सहितको यूवाको समूहले अभद्र व्यवहार गरेका हुन् । घटनास्थलमा प्रहरी पुगेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । नेकपा प्युठानले दस बुँदे बक्तव्य जारी गर्दै घटनाको जिम्मेवारी लिएको छ।नेकपाका जिल्ला सेक्रेटरी अजयद्धारा हस्ताक्षरीत बक्तब्यमा मल्लरानी ५ सरङकोट स्थित भूमे बिकास आधारभुत बिद्यालयको कक्षा ६ मा अध्यनरत सुस्मिता मल्लको मृत्युमा संकाशपद ब्यक्तिलाई संरक्षण गरेको ,उक्त बिद्यालयका शिक्षक शिक्षिकालाई अभिभाबकले सामाजिक बहिष्कार गर्दा पनि गाउपालिकाले संरक्षण गरेको ,प्रदेशबाट प्राप्त ३६ लाख बजेट प्रमुख प्रशासकिय अधिकृतले फ्रीज गरेको र अहिले ३० लाख बजेट बिनियोजन गरि स्टेटमेन्ट अनुसार काम नगरेको , सरकारले छुटटाएको बजेटमा ब्यक्तिगत तमसुक बनाएर मात्र बजेट विनियोजन गर्ने गरेका तम्सुक नगराएमा फ्रिज गर्नेधम्की दिने गरेको ,झाक्रिस्थान र वडा नं. ५ को बाटो मर्मत नहुदा यातायमा समस्या हुने गरेको , विपन्न परिवारलाई वितरण गर्ने सोलार विजुली बत्ति बल्ने घरमा वितरण गर्ने गरेको लगायतको आरोप लगाएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।