सरुमारानिमा एमालेकाे किल्ला भत्काउदै ,काङ्ग्रेसमा प्रबेशकाे जनलहर
प्यूठान। प्यूठानमा एमाले वडा अध्यक्ष उमेदवार सहिद दर्जनौं काङ्ग्रेसमा प्रबेश
प्यूठानमा पछिल्लाे समय विभिन्न पार्टि परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रबेश गर्नेहरुकाे जनलहर बढ्दाे क्रममा रहेकाे छ।
नेपाली काङ्ग्रेसले बिजयि गरेपछि बिकास निर्माण हुदाेरहेछ भन्ने जनताले महशुस गरिसकेका छन,लुम्बिनी प्रदेश सरकामा मन्त्री बन्नुभएका राेजराणाले गरेका बिकास निर्माणका गतिविधि तथा संघिय संसदपदका उमेदवार डाक्टर गाेबिन्दराज पाेख्रेलले नै प्यूठानकाे मुहार बदल्न सक्ने भनी काङ्ग्रेसमा जनलहर बढ्दाे क्रममा रहेकाे नेपाली काङ्ग्रेसका सभापति बिष्णु कुमार गिरीले बताउनु भयाे।
आज सरुमारानी गाउंपालिका वडा नंं १ का २०७९ मा नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार रहनु भएकन चेत बहादुर पुन र २०७९ को स्थानिय तह निर्वाचन परिचालन समितिका युवा समिति ईन्चार्ज शोभ बहादुर मर्साई नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ ।
उहाहरुले आगामी प्रतिनिधिसभा निर्वाचनमा डा. गोबिन्दराज पोख्रेललाई रुख चिन्हमा मतदान गरी विजयी गराउन आफूहरु लागि पर्ने बताउदै सरुमारानि गाउपालिकाबाट काङ्ग्रेसको बिजयिसकाे सुरुवात गर्न निरन्तर लागि पर्ने बताउनु भयाे।

एमालेकाे किल्ला मानिने सरुमारानिमा बिकास निर्माणकाे गति नभएकाले बिकास गर्न सक्ने दल र नेता काङ्ग्रेस नै हाे भएकाले आफुहरु एमाले त्यागेर गाउकाे बिकासका लागि काङ्ग्रेसमा प्रबेश गरेकाे बताए ।
नव प्रबेशि पुनले प्यूठानले यश निर्वाचनमा राष्टकै शिक्षित याेजनाबिद बिकासनिर्माणकर्ता उमेदवार प्यूठान जस्ताे जिल्लाले पाउनु गर्वकाे बिषय भएकाे बताउदै सबै जिल्लाबासिले पार्टि र बिचारभन्दा माथि उठेर डाक्टर गाेबिन्दराज पाेख्रेलललाई जिताउनु पर्ने बताउनु भयाे।