प्यूठानका फलफुल तरकारी व्यवसायी द्वारा बाढी पिडितलाई राहात रकम सहयाेग।
प्यूठान, १५ भदौ ।
फलफूल तथा तरकारी व्यवसायी संघ प्यूठानले हालै भोटेकोशी नदी तटीय क्षेत्रमा आएको भीषण बाढीका कारण पुगेको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितको राहत तथा पुनर्स्थापनाका लागि जिल्ला स्थित तरकारी तथा फलफुल व्यवसायीहरुले आफुसक्दाे संकलन गरी एकमुष्ट ८६३८० छ्यासि हजार तिन सय ओसि रुपैयाँ बाढिपिडितका लाग सरकारले ताेकेकाे खातामा जम्मा गरीए काे छ ।


संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै गत भदौ १० गते बुधबार बिहान आएको अचानक बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएकोमा स्तब्ध भएको जनाएको छ।
नेपाल–चीन सीमाक्षेत्रस्थित केरुङ टिमुरे क्षेत्रभन्दा करिब ८ कि.मि. माथिको तिब्बती भू-भागबाट आएको बाढीले उद्योगी-व्यवसायीका फर्महरू, निजी आवास, कृषि योग्य जमिन, फलफूलका कन्टेनर, बेलिब्रिज तथा पुलहरू र पर्यटन पूर्वाधार बगाएको विज्ञप्तिमा उल्लेख छ। साथै, गोसाइकुण्ड जाँदै गरेका तीर्थयात्रीहरूलाई समेत प्रभावित पारेको प्रति संघले दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली र शोककुल परिवारजनमा समवेदना प्रकट गरेको छ।
बाढीको जोखिम अझै पनि कायमै रहेकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका नदी तटीय क्षेत्रमा बस्ने नागरिक तथा व्यवसायीहरूलाई उच्च सतर्कता र सावधानी अपनाउन संघले आग्रह गरेको छ।
संघका अध्यक्ष टुकलाल न्यौपाने र महासचिव मधुसुदन थापा क्षेत्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा बेपत्ताहरूको खोजी, घाइतेहरूको शीघ्र उपचार, र राहत तथा पुनर्स्थापनाको कामलाई तीव्र गतिमा अगाडि बढाउन नेपाल सरकारसँग माग गरिएको छ।

यस विषम परिस्थितिमा प्यूठान जिल्ला लगायत देशभरका उद्योगी-व्यवसायी, संघ-संस्था र आम नागरिकहरूलाई आ-आफ्नो तर्फबाट आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्न संघले अपिल गरेको छ। साथै, संघका तर्फबाट पनि पीडितहरूका लागि ८६३८० रुपैयाँ आर्थिक सहयोग राहत उपलब्ध गराइएको अध्यक्ष टुकलाल न्याैपानेले संघर्ष मिडियालाई बताउनु भयाे।