लुम्बिनी कांग्रेसको नेतृत्व सम्हाल्दै युवा नेता रोज राणा

लुम्बिनी कांग्रेसको नेतृत्व सम्हाल्दै युवा नेता रोज राणा
​भालुवाङ (दाङ), मंसिर ७ ।
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश दोस्रो नियमित अधिवेशनले युवा तथा जुझारु नेता सरोज थापा (रोज राणा) लाई प्रदेश सभापतिको जिम्मेवारी सुम्पने भएको छ । सोमबार दाङको भालुवाङस्थित होटल पौवामा हुने अधिवेशनमार्फत उहाँले प्रदेशको नेतृत्व सम्हाल्न लाग्नुभएको हो ।
​अधिवेशनलाई एकता र सहमतिको सन्देश दिने गरी सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी भइरहेको छ, जसमा लुम्बिनीका १२ वटै जिल्लाका सभापतिहरूले रोज राणाको नाममा सहमति जनाइसकेका छन् । प्यूठानमा ३१ वर्षसम्म कांग्रेसले प्रदेशसभा निर्वाचन जित्न नसकेको अवस्थामा अघिल्लो निर्वाचनमा उहाँले पार्टीलाई ऐतिहासिक जित दिलाउनुभएको थियो ।

Oplus_16908288

​प्रदेश सरकारमा करिब साढे दुई वर्ष मन्त्री रहँदा राणाले जनमुखी र सुधारका थुप्रै उदाहरणीय काम गर्नुभएको छ । उद्योग तथा यातायातमन्त्री हुँदा सवारी चालक अनुमतिपत्रको ट्रायलमा परीक्षार्थीले आफ्नै सवारीसाधन प्रयोग गर्न पाउने, चिकित्सकबाट दृष्टि परीक्षण गराउन पाउने तथा लिखित परीक्षामा मन्त्रालयको प्रतिनिधि अनिवार्य र नतिजा तत्काल सार्वजनिक गर्ने जस्ता सुधार उहाँकै कार्यकालमा सुरु भएका थिए । सहरी विकास तथा खानेपानीमन्त्री रहँदा पनि लामो समयदेखि अलपत्र ठेक्का तोडेर नयाँ प्रक्रिया अघि बढाउन उहाँले सक्रिय भूमिका खेल्नुभएको थियो ।
​चलचित्र क्षेत्रको निर्माता, निर्देशक तथा कलाकारको अनुभव बोकेर राजनीतिमा सक्रिय हुनुभएका राणा युवापुस्तामा लोकप्रिय र संगठन निर्माणमा खरो उत्रने नेताका रूपमा परिचित हुनुहुन्छ । उहाँको नेतृत्वमा लुम्बिनी कांग्रेस थप चलायमान, एकताबद्ध र जनमुखी बन्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।