स्वास्थ्यकर्मी र मिडियाकर्मिहरुलाई पैरवि कार्यक्रम
बिमल प्रसाद पाेख्रेल
चैत्र १५, प्युठान
प्युठान । ८० प्रतिशत रोग मानिसको व्यबहारका कारण लाग्ने गरेको भन्दै त्यसको न्यूनीकरणका लागि स्वास्थ्य प्रवर्द्धन सेवाको पैरवी गर्नुपर्नेमा जोड दिइएको छ । सन्चारकर्मी र स्वास्थ्यकर्मीका लागि आयोजना गरिएको पैरवी कार्यक्रममा यो बिषयमा जोड दिइएको हो ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका स्वास्थ्य शिक्षा अधिकृत भर बहादुर कुवरले स्वास्थ्यमा लगानी बढाउनुपर्ने बताउनुभयो । स्थानीय सरकारले उपचारात्मक बिधिलाई प्राथमिकता दिने गरेको भन्दै उहाँले नसर्ने रोगहरुको क्रम बढ्दै गएकाले प्रवर्द्धनात्मक कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो ।
प्युठान नगरपालिकाका स्वास्थ शाखा प्रमुख गोबिन्दराज घिमिरेले पालिकाले प्रदान गर्ने स्वास्थ्य सेवा र गतिविधि जानकारी गराउनुभएको थियो । कार्यक्रमको संचालन सह-संयोजक दधिराम सुबेदीले गर्नुभएको थियो ।