स्वर्गद्वारी नगरपालिकाको बजेट ७२ करोड, ७४ लाख
असार १०, प्युठान ।
स्वर्गद्वारी नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को लागि लागि शिक्षा , स्वास्थ्य र रोजगार आकर्षक बजेट ल्याएको छ । स्वर्गद्वारी नगरपालिकाका नगर उपप्रमुख मिनराज राना मगरले नगर सभामा आर्थिक वर्ष २०८०÷०८१ को लागि ७२ करोड ७४ लाख ३४ हजार ५ सय १४ रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ ।
बजेटमा पूँजिगत खर्च रु. १९ करोड ८४ लाख ८४ हजार ५ सय १४ रुपैयाँ अथवा कुल बजेटको २७ दशमलब २८ प्रतिशत र चालु खर्च तर्फ रु. ५२ करोड ८९ लाख ५० हजार रुपैयाँ अथवा कुल बजेटको ७२ दशमलब ७२ प्रतिशत विनियोजन गरिएको छ ।
विनियोजित बजेटमा वित्तिय सामानिकरण अनुदान तर्फ संघ बाट रु. १० करोड २३ लाख रुपैयाँ र लुम्बिनी प्रदेश बाट रु. ७२ लाख ५० हजार रुपैयाँ , शसर्त अनुदान तर्फ संघिय शर्सत अनुदान रु. २७ करोड ८६ लाख रुपैयाँ र लुम्बिनी प्रदेश शर्सत अनुदान रु. १ करोड १ लाख ५० हजार रुपैयाँ , राजस्व बाँडफाड तर्फ संघिय सरकार बाट रु. ११ करोड ३४ लाख २० हजार रुपैयाँ र प्रदेश लुम्बिनी बाट ९२ लाख १४ हजार ५ सय १४ रुपैयाँ प्राप्त भएको छ ।
त्यस्तै समपुरक अनुदान तर्फ संघ बाट रु. २ करोड २५ लाख रुपैयाँ र लुम्बिनी प्रदेश बाट १ करोड ५० लाख रुपैयाँ , विशेष अनुदान तर्फ संघ बाट २ करोड ७० लाख रुपैयाँ प्राप्त भएको छ । त्यसैगरि नगरपालिकाको आन्तरीक आम्दानि रु २ करोड २० लाख रुपैयाँ र सामाजिक सुरक्षा भत्ता तर्फ रु. १२ करोड बजेट प्राप्त हुने अनुमान गरेको नगर उपप्रमुख मिनराज राना मगरले बताउनुभयो ।
बजेट वक्तव्यमा साझेदारी कार्यक्रम तर्फ स्वर्गद्वारी नगरपालिका वडा नं. ३ स्थित धर्मशाला , अमर मा.वि. देखी मालुङ जोड्ने मोटर बाटो कालोपत्रेका लागि रु. १ करोड ७५ लाख रुपैयाँ , शान्ति पार्क निर्माण योजनाको लागि रु. ५० लाख रुपैयाँ , पुर्वाधार विकास तर्फ प्राथमिकताका आधारमा अधुरा सडकहरुको पुर्णता तथा कच्चि सडकको स्तरोन्नती शिर्षकमा ४५ लाख रुपैयाँ , भु उपयोग निति निर्माण तथा जग्गा वर्गिकरणका लागि ७ लाख रुपैयाँ , जनतासंग मेयर उपमेयर कार्यक्रमका लागि रु. ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
त्यस्तै कृषिमा आधारीत रोजगार वृद्धिका लागि कृषि पेशालाई सम्मानित पेशाको रुपमा विकास गरि कृषिलाई आधुनिकिकरण तथा व्यवसायिकरण गर्न रु. ३० लाख रुपैयाँ , पशुपालन क्षेत्रलाइ आधुनिकिकरण तथा व्यवसायिकरण गर्न रु ३० लाख रुपैयाँ , गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रममा रु. ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
यसैगरि सामाजिक विकास तर्फ स्वास्थ्य तथा आयुर्वेद सेवा तर्फ रु १ करोड १५ लाख रुपैयाँ , शिक्षालाई आधुनिक र वैज्ञानिक प्रक्रियावाट सञ्चालन गर्न रु. २ करोड ४५ लाखरुपैयाँ , महिला , बालबालिका , जेष्ठ नागरिक , दलित , जनजाति , विपन्न र लोपउन्मुख जाति तथा सहकारी संस्थालाई लाभाम्वित र व्यवस्थित गर्न रु. २५ लाखरुपैयाँ , २० युनिट सम्म विद्युत खपत गर्ने अति विपन्न परिवालाइ विद्युत महशुल निशुल्क गर्ने शिर्षकमा रु १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।