एतिहासिक प्रयटकिय क्षेत्र बनाउनु पर्ने प्युठान खलंगा सांसद थापा

प्युठान जिल्ला सदरमुकाम खलंगा ऐतिहासिक प्रयटिय रुपमा बिकास गर्नु पर्ने संघिय सांसद सुर्य थापाले बताउनु भएकाे छ।
अन्तर खलंगा आबासिय समाज प्युठानले आयाेजना गरेकाे अम्ब्रेला स्टिट्रकाे टिकटक बनाएर उद्घाटन गर्दै सांसद थापाले तनहुकाे बन्दिपुर जस्तै प्युठानकाे सदरमुकाम खलंगालाई ऐतिहासिक धार्मिक ,सास्कृतिक प्रशासनिक एवम प्रयटकिय रुपमा बिकास गर्न खलंगा बासि तथा सबै सराेकार बाला लागि लाग्नु पर्ने बताउनुभयाे।
प्युठान सदरमुकाम खलंगालाई बिजया दसमि,शुभ दिपावलि छट,तथा नेपाल संमतलाई मध्यनजर गर्दै ग्रिन सिटि एवम अम्ब्रेला स्टिट्रले रंगिन बनाएर प्रयटककाे मन लाेभाउने गरि सजाईएकाे छ सजावटकाे लागि प्युठानबासिहरु आफुसक्दाे नगद ,छाता,एबम रङ्गहरु सहयाेग गरेकाे समाजका अध्यक्ष भुपबहादुर पुनले बताउनुभयाे।


नेवार जातिहरुकाे बाहुल्यता रहेकाे प्युठान सदरमुकाम जिल्लाका नाै स्थानीय तहमध्ये मल्लरानि प्रटकिय स्थानकाे नामबाट नामाकृत मल्लरानि गाउपालिकामा पर्दछ जिल्ला प्रशासन कार्यलय ,जिल्ला प्रहरी कार्यलय लगाएत सबै सरकारी कार्यलय हरु खलंगामा अबस्थित छन ।राज्य संघिय ब्यबस्था लागू भएपछि खलंगा बजार ब्यबसायिक रुपले खस्कदै गएपछि यसलाई प्रयटकिय रुपमा बिकास गर्न लागिएकाे समाजका सचिब ईमानसिंह भारतिले बताउनु भयाे। खलंगामा रहेका भिमशेन मन्दिर,शिबालय मन्दिर,भैरबथान,जाल्पादेबि,गाेरखनाथ लगएतका मठमन्दिर ,नेवारी कला सस्कृति,भेषभुसा,आदिबाशि जनतातिका भेषभुसा र स्थानिय नेवारि खानाका परिकारहरुलाई प्रबद्वन एवम प्रचार प्रसार गरि संरक्षण गर्न प्रयटिय बिकासमा निरन्तर लागि पर्ने मल्लरानि गाउपालिका अध्यक्ष कृष्ण खड्काले बताउनु भयाे।

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।