एउटै गाेदामबाट लाखाैकाे पेय प्रदार्थ बरममत
एउटै गाेदामबाट लाखाैकाे पेय प्रदार्थ बरममत
असाेज ३० प्युठान
निर्मला मगर
बरुण बेभरेज कम्पनि प्रालिका उत्पादित म्याद नाघेका पिय प्रदार्थहरु बेचबिखन गर्दै गर्दा प्युठानमा छापा लाखाैकाे सामाग्रि बरामत।
प्युठानका मुख्य ब्यापारी सृजना अडर एण्ड सप्लार्यका प्राेपाेराईटर अमरराज पण्डितकाे गाेदाममा जिल्ला प्रशासन कार्यलयका साहेक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालकाे नेतृत्वमा घरेलु तथा सना उधाेग कार्यलयका उधाेग अधिकृत सराेज भन्डारी र ईलाका प्रहरी कार्यलय बिजुवारका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारी काे कमान्डमा छापा मारी लाखाैकाे काेल्डडिङ्क्स बरामत गरीएकाे छ।
बजार अनुगमन सहित निस्केकाे टाेलिले गाेदाममा छापा मार्दा गाेदामबाट ईनर्जि ड्रिङ्क दुईसय पचास मिलिलिटरका १२१ कार्टुन ,पेप्सि एक लिटरवाला ३३ कार्टुन मेरीन्डा एकलिटरवाला २६ कार्टुन,मेरिन्डा आधालिटरबाला ५ कार्टुन,साेडा आधा लिटर,सेभेनअप ११ कार्टुन गरी जम्मा दुई लाख बीस हजार छ सय एक्चालिस रुपैया काे पेय प्रदार्थ बरामत गरीएकाे छ।
चार्डपर्व नजिकैदैगर्दा उपभोक्ताकाे हितलाई मध्यनजर गरि जिल्ला प्रसासन कार्यलयले निरन्तर बजारअनुगमन गरीरहेकाे थियाे साना ब्यापारी काेमा म्याद नाघेका सामाग्रि भेटिएपछि मुख्य गाेदाममा छापा मारीएकाे साहेक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले बताउनु भयाे।
बरामत गरीएकाे पेय प्रदार्थ प्युठान नगरपालिकाकाे ट्रकमा राखि नगरपालिकाकाे ड्याप्पिङ साईडमा नष्ट गरीने प्रहरी निरीक्षक अधिकारीले बताउनु भयाे।