बेसार प्रशोधन केन्द्र स्थापना

बेसार प्रशोधन केन्द्र स्थापना
पाैष ३ प्युठान


प्युठान नगरपालिका वडा नम्बर ८ स्थित गेजवाङमा बेसार प्रशोधन केन्द्र स्थापना भएको छ । जापान सरकारको आर्थिक सहयोगमा केन्द्र स्थापना गरिएको हो ।
नेपालका लागि जापानी राजदुत किकुता युटुकाले किकुता युटाकाले परियोजना सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।
वडाका करिव ५५० घरधुरीले बिशादी प्रयोग नगरिएको बेसारको
धुलो बनाएर बिक्री गर्न सके राम्रो मुल्य पाउने बिश्वास व्यक्त गर्नुभयो ।
जापान सरकारले सामाजिक-आर्थिक बिकासका लागि भोल नेपाल अन्तर्गत करीब १ करोड रुपियाँ सहयोग उपलब्ध गराएको थियो । केन्द्रबाट गुणस्तरीय उत्पादन र राम्रो मुल्य पाउने राजदुत युटाकाको बिश्वास छ । उहाँले नेपाल र जापन बीचको सम्बन्ध अझ थप मैत्रीपुर्ण हुने आशा व्यक्त गर्नुभयो।
कार्यक्रममा भोल नेपालका शिव रिमालले बेसार खेतीका लागि स्थानीयले देखाएको उत्साहको प्रशन्सा गर्नुभयो ।

नगरपालिकाका उप-प्रमुख देवेन्द्र वर्माले अर्गानिक र ब्याबसायिक उत्पादन गर्न सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो । उहाँले नगरवासीको आर्थिक बिकासका लागि कोशेढुङा सावित हुने बताउनुभयो ।
धर्मावती महिला बचत तथा ऋण सहकारीका अध्यक्ष पबित्रा जिसीले सहकारीका महिला, महिला उद्यमीको आयआर्जन बढाउन केन्द्रले सहयोग पुग्ने बताउनुभयो ।
फ्रान्सका पुर्व राजदुत मोहन कृष्ण श्रेष्ठले जापान सरकार र नेपालबीच ६७ वर्षको मित्रता रहेको भन्दै जापान सरकारले नेपालको बिकासमा धेरै सहयोग गरेको बताउनुभयो ।
नगरप्रमुख बिष्णु बहादुर योगीले केन्द्रको नियमित संचालन र दिगोपना दिने प्रतिबद्धता जनाउनुभयो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।