प्युठानमा छड्के बजार अनुगमन

प्युठानको खलंगामा बजारमा अनुगमन गरिएको छ । सदरमुकाम खलंगामा मंगलबार संयुक्त अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय प्युठानको आयोजनामा घरेलु तथा साना उद्योग विकास कार्यालय,उद्योग बाणिज्य संघ प्युठान,जिल्ला स्थिति अन्य कार्यालयलहरुको समन्वयमा संयुक्त अनुगमन गरिएको हो । अनुगमनबाट २५ हजार रुपैयाँ बढिको सामान नष्ट गरिएको छ । १२ वटा पसलमा गरिएको अनुगमनबाट २५ हजार ४ सय ८६ रुपैयाँ बराबरको म्याद गुज्रिएका अखाद्य बस्तु नष्ट गरिएको जिल्ला अनुगमन समितिका संयोजक तथा सहाय प्रमुख जिल्ला अधिकारी खिमान्नद भुषालले जानकारी दिनुभयो ।

पेय पदार्थ,पाउरोडि,चाउचाउ,बिस्कुट,लगाएका म्याद नाघेका सामान भेटिएको उहाँले बताउनुभयो । सबै भन्दा बढि पेय पदार्थ नष्ट गरिएको बताउनुभयो । अनुगमनको क्रममा केहि पसलहरुमा साईन बोर्ड,मुल्य सुचि नभएको,केहि पसल दर्ता तथा नविकरण बिना नै संञ्चालन भएको पाइएकाले अनिवार्य रुपमा सबै प्रकृया पूरा गरेर मात्रै पसलहरु संञ्चाल गर्न ब्यवसायिहरुलाई निर्देशन दिएको सहाय प्रजिअ भुषालले बताउनुभयो ।

पहिलो पटक ब्यवसायीलाई सबै प्रकृया पूरा गर्न सल्लाह,सुझाब दिएको बताउनुभयो । अर्काे पटकको अनुगमनमा यदि प्रकृया पूरा नगरेको पाईमा जरिवाना गरिने उहाँको भनाइ छ । अनुगमनबाट सबै विवरण संकलन गरिएकाले प्रकृया पूरा नगरेका त्यस्ता ब्यवसायीहरुलाई समय तोकेरै केही दिनमा जिल्ला प्रशासन कार्यालयबाट पत्राचार गर्ने भुषालले बताउनुभयो

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।