राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महाविर पुस्तक बेच्दै प्युठानमा
राष्ट्रिय आविष्कार केन्द्रका संचालक वैज्ञानिक डाक्टर महाविर पुन प्युठान आएका छन् । विरगञ्ज कारखाना उद्योग संचालन गर्न आर्थिक खर्च जुटाउनका लागि उनले आफ्नो जीवन कहानी सम्झना, सपना र अविरल यात्रा समेटिएको पुस्तक विक्रि गर्दै आज प्युठान आएका छन् ।
हालसम्म नेपालका २५ वटा जिल्लामा पुगी ७० हजार पुस्तक विक्रि गरेको पुनले बताएका छन् । उनले पुस्तकलाई ७५० रुपियाँमा विक्रि गर्दै आएका छन् ।
पुनलाई सनिवार लायन्स क्लव अफ प्युठानले जुम्रीमा स्वागत गरीएको थियो । त्यस्तै नेकपा एमाले प्युठानले पार्टी कार्यालय प्युठानमा स्वागत तथा सम्मान गरेको थियो ।
प्युठानमा शुक्रवार देखि पुस्तक बेच्दै आएका पुन आइतवार सम्म रहने बताइएको छ । उनलाई जिल्लाका बजार तथा चोकचोकमा स्वागत सम्मान भइरहेको छ ।