नेपालको राजनीतिक जटिल छ, कति दिन यो गठबन्धन टिक्छ भन्न सक्दिनँ : माधव नेपाल

 

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले जनताको बुलन्द गर्ने कम्युनिष्ट आन्दोलनको भएको बताएका छन्।

सोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा सम्बोधन गर्दै उनले कम्युनिष्ट आन्दोलन लोकतन्त्रको संवाहक भएको बताएका हुन्।

‘लोकतन्त्रको झण्डा अझै बुलन्द गर्नुपर्छ।’नेपालले भने,‘जनताका जनजीविकाको सबाल हामीसँग जोडिएको छ। जनताको पक्षमा हामी लाग्नुपर्छ। कम्युनिष्ट जनतासँग एकाकार हुन सक्नुपर्छ। परिवर्तनको संवाहक जनता हुन् भन्ने सन्देश प्रवाह नगरेसम्म कम्युनिष्ट आन्दोलन सफल हुँदैन।’

उनले को हुन् वर्गीय शत्रु र मित्र छुट्याएर अगाडि बढ्नुपर्ने स्पष्ट पारे। ‘नेपालको राजनीतिक जटिल छ। गठबन्धन जुट्ने र फुट्नेक्रम जारी छ। कति दिन यो गठबन्धन टिक्ने हो ? त्यसको जवाफ प्रधानमन्त्रीले दिनुहुन्छ, म भन्न सक्दिनँ। हामी सहज ठानिरहेका छैनौं।’ उनले भने,‘कसैका धाकधम्की, गाली गलौच सुन्न हामी राजनीतिमा लागेका होइनौं, कसैको दास बन्न हामी राजनीतिमा आएका होइनौं।’

नेपालले कम्युनिष्ट नेताहरु सुविधामुखी हुन थालेको भन्दै असन्तुष्ट व्यक्त गरे। उनले नरबहादुर कर्माचार्यले कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिकाको प्रशंसा गरे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।