केपी ओलीमाथि आक्रमण प्रयास भयो : रघुजी पन्त

 

नेकपा एमालेका सांसद रघुजी पन्तले आफ्ना दलका नेता केपी शर्मा ओलीमाथि आक्रमण प्रयास भएको बताएका छन्। प्रमुख प्रतिपक्षी दलका सांसदहरूले आफ्ना नेतामाथि आक्रमण प्रयास गरेको उनले बताए।

कांग्रेसले असंसदीय व्यवहार देखाएको उनको आरोप छ। ‘यस्तो अवरोध पहिले पनि हुन्थ्यो। हामीले गर्दा प्रतिपक्षीका नेतामाथि दुर्व्यवहार गरेका थिएनौं। पूर्वप्रधानमन्त्रीले बोल्न पाउनुपर्छ भन्दा झम्टिन जाने हो? आक्रमण गर्न जाने हो? यो असंसदीय घटना हो,’ उनले भने।

अन्नपूर्ण पोष्टबाट साभार
सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।