फलफुल तथा तरकारी ब्यवसायि महासंघका भन्डारी र थापा सम्मानित

फलफुल तथा तरकारी ब्यवसायि महासंघका भन्डारी र थापा सम्मानित


संघर्ष मिडिया ब्युराे।
नेपाल फलफुल तथा तरकारी ब्यवसायि महासंघकाे केन्द्रीय अधिबेशन बाट केन्द्रीय सहसचिबमा निर्बाचित प्यूठानका सुर्य भन्डारी र सदस्य पदम बहादुर थापा सम्मानित हुनुभएकाे छ।


चितवनकाे मलेवामा जेठ २६ गते सम्पन्न साताै साधारण सभा तथा चाैथाे केन्द्रीय अधिबेशनमा सहसचिव पदमा भन्डारी र सदस्यमा थापा निर्बिराेध निर्बाचित हुनुभएकाे थियाे।


आज फलफुल तथा तरकारी ब्यबसायि संघ प्यूठानले नबनिर्बाचित केन्द्रीय सहसचिव भन्डारी र केन्द्रीय सदस्य थापालाई संघकाे कार्यलय बाग्दुलामा संघका जिल्ला उपाध्यक्ष बसन्तलाल न्याैपाने महासचिव टुकलाल न्याैपाने लगाएतका संघका पदाधिकारीहरुकाे उपस्थितिमा खाता माला सहित पदिय जिम्मेवारी पाएकाेमा सम्मान गरिएकाे हाे।
संथाले आफ्ना ब्यबसायिकाे हक हितका बिषयमा वकालत गर्दै आम नागरिकलाई सफा ताजा फलफुल तथा तरकारी उपलब्ध गराउदै सामाजिक क्षेत्रमा समेत सहकार्य गरेर गरेर काम गर्ने सम्मानित केन्द्रीय सह- सचिब भन्डारीले बताउनु भयाे।

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।