संसद भवन सुरक्षामा खटिएका प्रहरीद्वारा गाेलि चलाई आत्महत्या
संघर्ष मिडिया डेस्क
२०८१असार ५
काठमाडौं संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी जवानले आफैँले गोली हानेर आत्महत्या गरेका छन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार दोलखा घर भएका अजित गोलेले आफैले गोली हानेर आत्महत्या गरेको बताउनुभयो ।
घटना करिब बिहान ९ बजेतिर भएको उहाँले जनाउनुभयाे । घटनाको थप अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।