अशक्तलाई गाउमै नागरिकता प्रदान

संघर्ष मिडिया ब्युराे
२०८१ असार ८ प्यूठान


प्यूठानका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले उत्तरी प्यूठानकाे एक गाउमा पुगेर अशक्त एक जना नागरिकलाई नागरिकता प्रदान गर्नुभएकाे छ।
प्यूठानकाे गौमुखी गाउँपालिका वडा नम्बर ५ निवासी ६९ वर्षीय कैले कवरलाई उहाँकै बसोबास रहेको गौमुखी गाउपालिका वडा नम्बर ५ मा पुगेर प्रमुख जिल्ला अधिकारी अर्यालले नागरिकता प्रदान गर्नुभएको हाे। कवरकाे शारीरिक अवस्थाको कारण उहाँ नागरिकता लिन जिल्ला सदरमुकाम खलङ्गासम्म आउन समस्या रहेको जानकारी प्राप्त भएपश्चात अर्यालकाे नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालय, प्युठानको टीम गौमुखी गाउपालिका ५ मा पुगेर नागरिकता प्रदान गरेकाे हाे।


आजै प्रमुख जिल्ला अधिकारी अर्याल ,सशस्त्र प्रहरी नायब उपरीक्षक नबिन कुमार अग्रहरी,जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जालन्धर भुसाल, वडा अध्यक्ष बरुणध्वज मल्ल लगायतले सार्वजनिक जग्गा अतिक्रमण काे अनुगमन गर्नु भएकाे छ।


गाैमुखि गाउपालिका वडा नम्बर पाच र सात बाट स्थानीय हरुले सार्वजनिक/सरकारी जग्गा अतिक्रमण गरिएको भनी उजुरी परेकाले आजै उजुरीका आधारमा विभिन्न क्षेत्रको अतिक्रमित जग्गाको अनुगमन समेत गरेकाे प्रशासकीय अधिकृत भुसालले बताउनु भयाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।