ऐरावतीको बजेट ५३ करोड ५ लाख १८ हजार

संघर्ष मिडिया ब्यूराे
असार १० प्यूठान

ऐरावती गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ५३ करोड ५ लाख १८ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ ।
ऐरावति गाउँपालिकाको पन्ध्रौँ गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएकोहो । पुजिगत तर्फ १५ करोड ८० लाख ५० हजार र चालु तर्फ ३७ करोड २४ लाख ६८ हजार रहेको छ ।
उत्कृष्ट कृषक, कर्मचारी, शिक्षाक, विद्यार्थी सम्मानित 
ऐरावतिले गाउँसभाबाट कृषिमा उत्कृष्ट कार्य गरेका  वडा नम्बर एकका कृषक छव बहादुर गुरुङ्गलाई सम्मान गरिएको छ । गाउँपालिकाका विभिन्न शाखाहरुमा कार्यरत कर्मचारीहरुबाट उत्कृष्ट कर्मचारीहरु छनोट गरी सम्मान गरिएको छ ।
सिनियर अ.हे.व दिपक के.सी, नर्सिङ्ग कर्मचारी उषा आर.सी,महिला स्वास्थ्य स्वयंसेविका सुष्मा के.सी.,असिस्टेन्ट सव इन्जिनियर उमाराम आचार्य, वडा सचिब कृष्ण जि.सी., कार्यालय सहयोगी राजु खड्का, शिक्षा शाखामा कार्यरत कुल बहादुर थापालाई पालिका अध्यक्ष नबिल बिक्रम शाहा द्वारा द्वाारा   सम्मान गरीएकाे छ।


सभाबाट मोती मा.वि. बरौँलाका उत्कृष्ट शिक्षक हरेन्द्र शाह, र उत्कृष्ट विद्यालय जनता मा.वि बिजुलीलाई सम्मान गरेकाेछ। गत बर्षको बार्षिक परिक्षामा कक्षा ५, ८, १० र १२ कक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने बिभिन्न विद्यालयका बिद्यार्थीहरुलाई पनि सम्मान गरिएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।