अपारदर्शी बजेट ल्याउन खाेज्दा झिमरुकगाउपालिकाकाे १६ ओैं गाउ सभा स्थगित
असार १० प्यूठान
जिल्लाको झिमरुक गाउँपालिकाको गाउँसभामा आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम प्रस्तुत नगरी स्थागित भएको छ ।
गाउँसभामा गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि पास फेल के भयाे थाहा भएन अध्यक्षले पढ्नुभयाे हामिले सुन्याै मात्रै झिमरुक गाउपालिका वडा नम्बर पाचका वडा अध्यक्ष दधिराम पाेख्रेलले भन्नुभयाे।
पालिका अध्यक्ष उपाध्यक्षकाे मिलेमतोमा हामी संग कुनै सल्लाह नगरी तीन कराेड एकतिस लाख रुपैयाँ बजेटमा नदेखाई नीति तथा कार्यक्रममा कहाँबाट समाबेश गर्नुभयाे थाहा भएन वडालाई भनेजस्तो बजेट सिलिङ पनि छैन त्यसैले राजमाेबाट निर्बाचित र नेकपा एमाले बाट निर्बाचित हामी वडा अध्यक्ष हरुले समर्थन गर्न सकेनाै बजेट पार्दसिता नभए सम्म हामी सभामा जादैनाै पाेख्रेलले संघर्ष मिडियालाई बताउनु भयाे। वडा अध्यक्षहरुले पालिका अध्यक्ष र उपाध्यक्षले मनाेमानि बजेट राखेकाे भन्दै बिराेध जनाएका छन झिमरुक एकका वडा अध्यक्ष धुर्बराज खनालले भन्नुभयाे” बस्ति स्तरमा वडालाई याेजना छनाैट गर्न पठाउने पालिकाबाट बजेट नदिने बजेट छैन भन्ने तर अपारदर्शीताका आधारमा फाेनकाे माध्यमबाट कार्यकर्ता मुखि बजेट अध्यक्ष उपाध्यक्ष ले खल्तिबाट निकाले झै गरेर बाड्न थालेपछि आजकाे सभा स्थगित भएकाे हाे स्राेत शुनिश्चित नभएको बजेट कहाँबाट आयाे।
झिमरुक तिनका वडा अध्यक्ष मिन बहादुर के शि र चारका वडा अध्यक्ष सिताराम पाेख्रेले पनि अध्यक्ष उपाध्यक्षले पालिकालाई खल्तिबाट चलाउन खाेजेकाे बताउदै हामी जनता बाट निर्बाचित भएका हाै जनमुखि बिकास हुनुपर्छ समान ब्यबहार गर्नु पर्छ अहिले पालिकामा अपारदर्शीता माैलाउदै गएकाे बताउनु भयाे।