स्वर्गद्वारीकाे एसि बस साउन दुईबाट संचालन हुने

संघर्ष मिडिया
असार ३१ प्यूठान
स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रा लिले यहि साउन दुई गते देखि प्यूठान काठमाडौंका लागि ए सि बस संचालन गर्ने भएकाे छ।
साउन दुई गते टिकुरी बसपार्कबाट बेलुकि ६ बजे छुट्ने छन भने जुम्रि बसपार्कबाट ६:३० मा छुट्ने प्रबन्ध चन्द्रमान श्रेष्ठले बताउनुभयाे।

हाल हप्ताकाे चार दिन आईतवार ,साेमबार,बुधबार र शुक्रबार मात्रै छुट्ने छन भने भदाै पन्ध्र गतेबाट सातैबार रेगुलर एसि बस संचालन गरिने श्रेष्ठले बताउनुभयाे।
प्रा लिले बिगत देखि संचालन गर्दै आएका ठुलाबेशि काठमाडौं खलंगा काठमाडौं दैनिक संचालन हुनेछन उक्त बस साझ ४:३० बजे एउटा र अर्काे ५ बजे टिकुरी बसपार्क बाट छुट्ने छन।


यात्रहरुकाे सहजताका लागि स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रा लिबाट संचालन हुने सम्पुर्ण लामाे दूरीका बसमा यात्रा गर्नु परेमा आफ्नै स्वर्गद्वारी यातायात एप डाउनलाेड गरि घरमै बसेर टिकट बुकिङ गर्न सकिने प्रालिका महासचिव कुमार श्रेष्ठले बताउनु भयाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।