शैक्षिक सुधारका लागि शिक्षकलाई सम्मान

संघर्ष मिडिया

असार ३१ प्यूठान

शिक्षककाे सम्मान बिद्यार्थीकाे बिश्वास,बिधालयकाे सम्मान समुदायकाे इज्जत भन्ने मुल नाराका साथ प्यूठान र राेल्पाका सामुदायिक बिद्यालयका बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारी शिक्षक तथा कर्मचारीका लागि प्राेत्शाहन सहित सम्मान गरिएकाे छ।
सामाजिक बिकास डिभिजन कार्यालय बिजुवार प्यूठानको आयाेजनामा राेल्पा र प्युठानका ६१ जना शिक्षक,बिधालय ब्यबस्थापन समितिका पदाधिकारी ,तथा कर्मचारीहरुलाई सम्मान गरिएको हाे।


सम्मान कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि सिले सम्मानले शिक्षकहरुकाे प्रेरणा बढ्ने र शैक्षिक सुधारमा थप टेवा पुग्ने भएकाले सम्मानित सबैलाई शुभकामना दिदै सम्मान कार्यक्रम आयाेजना गर्ने सामाजिक बिकास कार्यलयलाई धन्यवाद ब्यक्त गर्नुभयाे।
कार्यक्रमका बिशिस्ट अतिथि प्यूठान नगरपालिकाका नगरप्रमुख बिष्णु बहादुर याेगिले शिक्षक पेशा देशकै जिम्मेवारी र सम्मानित पेशा हाे देश कस्ताे बनाउने भन्ने हात शिक्षकमा हुने भन्दै सम्मानित शिक्षकहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्नु भयाे।
सामाजिक बिकास मन्त्रालय लुम्बिनीका सचिब बिनाेद खड्काले शिक्षकहरुले बढ्दै गएकाे बैदेशिक यात्रालाई न्युनिकरण गर्न बिद्यार्थीलाई  प्रेरणा हाैसला दिनुपर्ने र स्थिर सरकार हुनुपर्ने स्थानीय तहले प्राबिधिक शिक्षालाई जाेड दिनु पर्ने बताउदै बिद्यार्थीहरुलाई प्रचुर संभावना नेपालमै भएता पनि आर्थिक अभाबका कारण बिद्यार्थी बिदेश तिर पलायन गरेका छन राेक्नलाई सबै संबधीत पक्षले ध्यान दिनु पर्ने बताउदै सबैलाई शिक्षकहरुलाई बधाई तथा शुभकामना दिनु भयाे।
माेति माबि बराैला प्यूठानका शिक्षक  तिलकराम पाण्डे र जनकल्याण माबि राेल्पा लिबाङकि शिक्षिका राेशनि सर्माले सम्मानित हुदा थप जिम्मेवारी बढेकाे बताउनु भयाे।
कार्यक्रमका अध्यक्ष तथा सामाजिक बिकास डिभिजन कार्यालय प्यूठानका प्रमुख पुन्य प्रसाद न्याैपानेले शिक्षाकाे गुणस्तर सुधार गर्न शिक्षक तथा ब्यबस्थापन समितिहरुलाई प्रेरणा दिन शिक्षामा लगाब बढ्ने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिईने बताउनु भयाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।