युरोपमा नेपाली कला सस्कृतिको बिस्तार ।
दीपक भण्डारी
लिस्वन पोर्चुगल,
नेपाली कला सस्कृतीको संरक्षण एवम सम्बर्द्धन गर्ने उदेश्यले स्थापित सास्कृतिक अध्ययन तथा अनुसन्धान परिषद नेपालको युरोप शाखा स्थापना गरिएको छ । परिषदका वरिष्ठ उपाध्यक्ष बिष्णु खत्रीको प्रमुख आतिथ्यतामा शाखाको स्थापना गरिएको हो ।
कार्यक्रममा बोल्दै बरिस्ठ उपाध्यक्ष खत्रीले मानव सभ्यताको सुरुवातसँगै क्रमिकरुपमा प्रथा, परम्परा र संस्कृतिको निर्माण एवं विकासहुँदै आइरहेको र यसको संरक्षण गर्ने अपरिहार्यतालाई हृदयङ्गम गर्दै नेपाल एक भौगोलिक विविधतायुक्त लोककला, साहित्य, संगीत, सस्कृति, भेषभुषा, रीतिरिवाज, चालचलन र पुरातात्विक महत्वका विषयवस्तुका सम्बन्धमा उर्वर भूमिरहेको बताउनु भएको छ ।
साथै नेपाली कला र सस्कृति क्रमशः लोप हुँदै गइरहेको परिप्रेक्षमा मौलिक कला संस्कृतिको पहिचान, उत्थान, विकास, प्रस्फुटन, जगेर्ना र प्रवर्द्धन गरी लोककला, लोकबाजा, लोकगीत, लोक संगीत, र लोक संस्कृतिमार्फत सकारात्मक मनोविज्ञानतर्फ आम नेपाली नागरिकलाई डोर्याउन आबस्यक रहेको बताउनु भयो।
सज्जन हमालको संयोजकत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरिएको छ । उप संयोजकमा दीनेश बिस्ट, सचिव-अर्जुन सुनाम, सहसचिव-अमृत कुमार बिश्वर्कमा, कोषाध्यक्ष-अनु गुरुङ्ग, सहकोषाध्यक्ष-जिना रसाइली, र सदस्यहरुमा छवि पौडेल , दीपक भण्डारी, बिक्रम आचार्य, ॠतु अधिकारी, देवि गरबुजा, बिष्णु भण्डारी, आशिष् बि सि, भिमराज परियार, दीनेश खड्का, दुर्गा के सि, अर्जुन भुसाल लगाएतका रहेका छन ।
सोही अबसरमा संयोजक हमालले पोर्चुगलबाट शुरु भएको यो अभियान युरोपको सम्पुर्ण देशमा बिस्तार गरिने बताउनु भएको छ ।