हवाई उडानलाई सुरक्षित बनाउन सरकारले गम्भीररुपमा अध्ययन गर्नुपर्छ : राजेन्द्र लिङ्देन

 

सांसदहरूले नेपालमा हवाई दुर्घटना रोक्नका लागि गम्भीर भएर अध्ययन गर्नका लागि सरकारलाई सुझाव दिएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरुले नेपालमा निरन्तर हवाई दुर्घटना हुने गरेको भन्दै देखिएका कमीकमजोरीको समाधानका लागि गम्भीर भएर अध्ययन गर्नका लागि सरकारलाई सुझाव दिएका हुन् ।

साथै उनीहरुले हवाई दुर्घटना भएपछि बन्ने आयोगको प्रतिवेदन कार्यान्वयन हुन नसकेको आरोप समेत लगाएका छन् । बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो सौर्य एयरलाइन्सको विमान दुर्घटनापछि बनाइएको छानविन आयोगप्रति प्रश्न उठाएका थिए।

उनले जहाजलाई मर्मतका लागि लैजाने क्रममा अन्य व्यक्तिहरूलाई लानुपर्ने र मर्मतका लागि पोखरा बिमानस्थल नै जानुपर्ने कारण खोजिनुपर्ने धारणा राखे । सबैभन्दा सुरक्षित यातायात हवाई उडान नेपालमा भने भयावह र असुरक्षित हुन थालेको भन्दै यसलाई सुरक्षित बनाउन सरकारले गम्भीर रुपमा अध्ययन गर्नुपर्ने बताए।

त्यस्तै सांसद सांसद राजेन्द्र बजगाईँले नेपालमा हवाई सेवा प्रदायक र नियमलाई छुट्टाछुट्टै बनाउनुपर्ने बताए। नेपालको हवाईसेवाको सुधारका लागि सरकार गम्भीर नहुने हो भने थप अवस्था जटिल हुने उनले बताए।

त्यस्तै सांसद सुनिता बरालले पटक पटकका घटनाक्रमले अहिलेको नियमक निकायका बारेमा सोच्न गम्भीर हुनुपर्ने अवस्था आएको उल्लेख गरिन्। हवाई क्षेत्रकासम्बन्धी निकायहरुलाई नीतिगत रुपमा नै ध्यानाकर्षण गराउन जरुरी देखिएको भन्दै उनले सरकारले गम्भीर भएका हवाइ क्षेत्रका बारेमा आवश्यक सुधारका काम गर्नुपर्नेमा जोड दिनुभयो ।

बुधबार सौर्य एअरलाइन्सको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको मृत्यु भएको हो । मर्मतका लागि पोखरा उड्न लागेको उक्त जहाज त्रिभुवन बिमानस्थलमा दुर्घटना भएपछि विभिन्न कोणबाट टिकाटिप्पणीहरू भइरहेका छन् भने सरकारले दुर्घटनाको अध्ययन गर्न जाँचबुझ आयोग समेत गठन गरेको छ ।

अन्नपूर्ण पोष्टबाट साभार

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।