भुस्बाङखोला बस्तीमा पस्दा १२ घर बिस्थापित

 

अविरल वर्षाको कारण प्युठानको बुढादेबी खोलामा आएको बाढी बुढादेबी र खरिबोट बजारमा पसेको छ । बुधबार बिहान करिब ७:३० बजेतिर अविरल वर्षाको कारण आएको बाढि प्युठान नगरपालिका वडा नम्बर ९ र १० स्थित बुढादेबी र खरिबोट बजारमा पसेपछि स्थानीयको घरमा क्षती पुगेको छ ।

साउन १६ गते आज आएको बाढि स्थानीय बजारक्षेत्रमा पसेपछि जनता त्रसित भएका छन् । दुबै बजार अहिले बाढिको उच्च जोखिममा रहेको स्थानीयले जानकारी दिएका छन् । बाढि बस्तिमा पसेपछि स्थानीयले भागेर ज्यान बचाउन सफल भएको स्थानीयले जानकारी दिएका छन्।

ढुङ्गा लेदो सहित आएको भुस्वाङ खोलाले प्युठान नगरपालिका वडा नम्बर ९ र १० को बुढादेबी बजार र चुदरीखोला, भुस्वाङखोला र दहखोलामा आएको बाढिको कारण प्युठान नगरपालिका-१० स्थित खरिकोट बजारमा खोला बसेको छ । चुदरीखोला, भुस्वाङखोला र दहखोलाको आसपास रहेका सयौं रोपनीमा लागाइएको धानबाली खोलाले कटान गरि बगाएको छ । प्युठान नगरपालिका वडा नम्बर ९ र १० स्थित बुढादेबी बजारका करिब ७ घर र एक बोडिङ स्कुल उच्च जोखिममा रहेको छ ।

स्थानीय प्रशासनले बाढि पहिरोको खतरा रहेकोले सतर्क रहन अनुरोध गरेको छ । बाढीबाट भएको अन्य क्षतिको विवरण भने आउन बाकी रहेको छ । खरिकोट बजारमा रह्र्को पुलमाथिबाट खोला बगेपछि यातायात अवरुद्ध भएको छ। भने बिद्यालय पढ्न हिडेका विद्यार्थी सडक अबरुद्ध भएको कारण घर फर्किएका छन् ।

योभन्दा अगाडि १०, ११ गते आएको बाढिले बुधादेबी बजारको ७ घर उच्छ जोखिम र १०,१२ घर जोखिममा रहेको थिए भने एक बोडिङ्ग स्कुलमा उच्च जोखिममा परेको छ।

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।