देशकाे आबश्यकता अनुसार एमाले काङ्ग्रेस मिलेका हाै ,बिकास तिब्र गतिमा हुन्छ मन्त्री राणा

साउन २० दाङ

लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गठबन्धन बनेर संघ र प्रदेशहरूमा सरकार बनेको बताएका छन् ।
आइतबार देउखुरीको मसुरियास्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री राणाले कांग्रेस र एमालेबीच गठबन्धन बनेर लुम्बिनी प्रदेशमा पनि सरकार बनेको बताए । सरकारलाई सफल बनाउनुपर्ने उनले बताएका छन् ।
बिगतमा धेरै प्रणाली र बिकल्पहरूमा गए पनि राजनीतिक स्थायित्वका लागि दुई ठूला दल मिलेर सरकार गठन गरेको राणाले बताए । उनले कांग्रेस र एमालेको गठबन्धनलाई सफल बनाउन जरुरी रहेको बताए ।
मन्त्री राणाले भने, ‘हामीले धेरै प्रणालीहरू अपनायौं । धेरै गठबन्धनहरू गरियो । अन्तिम विकल्पको रुपमा नेकपा (एमाले) र नेपाली कांग्रेस एकै ठाउँमा आएर सरकार बनेको छ । यो बिकल्पलाई जसरी पनि सफल बनाउनु छ ।’
‘ठूला राजनीतिक दल एकै ठाउँमा आउनु हुँदैन भन्ने र विपक्षी कमजोर हुन्छन् भन्ने भाष्य आएको छ’, शहरी विकासमन्त्री राणाले भने, ‘ठूला दलहरू मिलेर निर्माण हुँन बाँकी कानूनहरू निर्माण गर्नुछ । कसरी राजनीतिक स्थायित्व दिन सकिन्छ भनेर यो गठनन्धन बनेको छ ।’
शहरी विकासमन्त्री राणाले आफ्नो मन्त्रालय मातहतका विभिन्न भवन लगायतका आयोजनाहरूको काम भइरहेको बताउँदै फास्टट्रायकबाट काम सम्पन्न गरिने बताए ।

उनले भने, ‘मलाई जानकारीमा आए अनुसार १६५ आयोजना यो वर्ष पूरा हुँदै छन् । बाँकी रहेका आयोजनालाई सहज र सरल तरिकाले फास्ट ट्रायकमा लागेर सम्पन्न गरिनेछ ।’

‘बाँकी रहेका योजनाहरूलाई पनि समयमा पूरा गर्ने हो । राजधानी यहाँ आएको छ । मन्त्रालयहरू बाहिर बस्ने अवस्था छ’, मन्त्री राणाले भने, ‘त्यसलाई पनि द्रुत गतिमा अगाडि बढाएर मेरो कार्यकालमा पूरा गर्ने सोँच बनाएको छु ।’

पदभार ग्रहणपछि मन्त्री राणाले कर्मचारीहरूसँग प्रारम्भीक बिफ्रिङ लिएका छन् । साथै मन्त्री राणालाई नेपाली कांग्रेसका नेता कार्यकर्ता र शुभेच्छुकहरूले मन्त्रालयमा बधाइ तथा शुभकामना समेत दिएका छन् ।
मन्त्री राणा दोस्रो पटक मन्त्री बनेका हुन् । यसअघि राणा छोटो समयका लागि उद्योग, वाणिज्य तथा यातायात मन्त्री बनेका थिए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।