बंगलादेशको प्रधानमन्त्री निवासमा लुटपाट, प्रदर्शनकारीले लगे कुर्सी, टेबुल र सोफा

 

काठमाडौं : बंगलादेशमा जारी प्रदर्शनका दौरान प्रदर्शनकारी प्रधानमन्त्री निवास प्रवेश गरेका छन्। सोमबार हजारौंको संख्यामा प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्री निवासमा प्रवेश गरेका हुन्।

प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवासमा लुटपाटसमेत गरेको एजेन्सीहरूले उल्लेख गरेका छन्। बीबीसीका अनुसार प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवासमा रहेका कुर्सी, टेबुल, सोफालगायत लुटपाट गरेका छन्।

आरक्षणविरोधी आन्दोलनले उग्र रूप लिएपछि प्रधानमन्त्री शेख हसिनाले सोमबार राजीनामा दिएका छन्। प्रधानमन्त्री हसिना बहिनीसँगै हेलिकोप्टरमार्फत भारतको त्रिपुरातर्फ लागेकी छन्। त्रिपुराको राजधानी अगरतालमा उनले शरण लिने बताइएको छ।

यसैबीच बंगलादेशका सेना प्रमुख वकार-उज-जमानले अन्तिरिम सरकार बनाउने घोषणा गरेका छन्। मिडियासँग सम्बोधन गर्दै सेना प्रमुख जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका हुन्।अन्नपूर्ण पोष्टबाट साभार

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।