बङ्गलादेशमा आन्दोलन पूनः चर्किएपछि सतर्कता अपनाउन दुतावासको आग्रह

 

काठमाडौं-  बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलन पूनः चर्किएर नेपाली राजदूतावासले सतर्कता अपनाउन आग्रह गरेको छ।

बङ्गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरु नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब ४०० विद्यार्थीहरुसहित सम्पूर्ण नेपालीहरु सुरक्षित रहेको र  राजदूतावास निरन्तर सम्पर्कमा  रहेको दूतावासले जनाएको छ।
‘बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलन पूनः चर्किएर हिंसात्मक प्रदर्शनहरु भइरहेको र बङ्गलादेश सरकारबाट हाल अनिश्चितकालीन कर्फ्यू आदेश समेत जारी भएको सन्दर्भमा बङ्गलादेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध छ।’ दुतावासद्वारा जारी सूचनामा उल्लेख छ।

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।