प्युठानमा प्रभु बैङ्कको शाखा उद्घाटन


श्रावण २५
प्रभु बैङ्क लिमिटेडको शाखा प्युठानको प्युठान नगरपालिका ४ जुम्रिमा पनि स्थापना गरिएको छ । शुक्रवार एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जी.सी ले शाखाको उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि जि.सि ले बैङ्कमा आउने सेवाग्राहीहरुले सहज रुपमा सहज रुपमा सेवा लिन सक्नेमा विश्वस्त रहेको बताए । साथै अन्य बैङ्कले भन्दा फरक खालको सेवा सुविधा दिन सके जनता प्रभावित हुने उनको भनाई थियो ।
प्रभु बैङ्क लिमिटेड लुम्बिनी प्रदेशका प्रमुख सुवास कुवरले नेपालमा क वर्गबाट प्राप्त हुने सबै सुविधाहरु प्रभु बैङ्कबाट पाउने बताएका छन् । देशभर प्रभुका प्युठान सहित ३ सय १५ शाखा रहेको प्रमुख कुवरले जानकारी दिए । उनका अनुसार लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा बैङ्कको शाखा स्थापना भइसकेको छ ।
प्युठान शाखाका प्रमुख तोयानाथ धितालले सरल, सहज तरिकाले जनतालाई सेवा दिने बताए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।