वृक्षारोपण कार्यक्रम सम्पन्न

श्रावण २६ गते
प्यठान। नेपाल प्रहरी श्रीमती संघको ४० औं वार्षिकोत्सवको अवसरमा आज मिति २०८१÷०४÷२६ गतेका दिन प्युठानको स्वर्गद्धारी नगरपालिका २ स्वर्गद्धारी आश्रम परिसर भित्र रहेको जङ्गलमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा संचालन गरिएको वृक्षरोपण कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी शर्मा, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरिक्षक इश्वर थापा, स्वर्गद्धारी आश्रमका गुरु रामचन्द्र अधिकारी, प्रहरी कर्मचारी लगायत  २० जनाको उपस्थितीमा वेलपत्र १३, अमला ५, लाकुरी ४, टिमुर ४, बकाईनो ४ र दालचिनी ७ गरी जम्मा ३७ वटा बोट विरुवाहरुको वृक्षरोपण गरिएको प्युठानका प्रहरी नायव उपरिक्षक इश्वर थापाले बताउनु भयो ।

बिहान ८ः३० बजे देखि शुरु भएको वृक्षारोपण कार्यक्रम ९ः०० बजे सु–सम्पन्न गरिएको थापाले संघर्ष मिडियालाई जानकारी दिनुभयो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।