२५औ अन्तराष्टिय युवा दिवस प्यूठानमा मनाईयो

२५औ अन्तराष्टिय युवा दिवस प्यूठानमा मनाईय
प्यूठान,२८ श्रावण।
२५ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा प्यूठानमा एक समारोह सहित रक्तदान कार्यक्रम गरि मनाईएको छ । गैर सरकारी संस्था महासंघ प्यूठानको आयोजना तथा नेपाल स्वंयमसेवी रक्तदाता समाज प्यूठानको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो । सोमवार प्यूठान अस्पत्ताल,रक्तसंचार सेवा केन्द्र विजुवार प्यूठानमा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै युवा गैर सरकारी संस्था महासंघ प्यूठानका अध्यक्ष प्रज्वल पहाडीले आवश्यक युवा नीतिको अभावका कारण युवाहरुका समस्या दिन प्रतिदिन बढ्दै गएको बताए । ‘युवाहरुको समस्यालाई दिगोरुपमा समाधान गर्न राज्यले ध्यान दिन जरुरी छ’ अध्यक्ष पहाडीले भने, ‘समयानुकुल युवा नीति र त्यसको सही कार्यान्वयनवाट मात्रै यो सम्भव छ ।’

युवाहरुका समस्याको सम्वोधनका लागि राज्य तहवाट केही प्रयास भए पनि अल्पकालिन योजनाले मात्रै दिगोरुपमा युवाको समस्या सम्वोधन हुन नसक्ने उनको भनाई थियो । प्यूठान जिल्लाको सन्दर्भमा पनि स्थानीय सरकारहरुले युवानीति तर्जुमा र त्यसको सहि कार्यान्वय गर्नु पर्ने आवश्यकता रहेको उनले औल्याय । युवाहरुका मुद्धा वा सवाललाई नीतिगतरुपमा सम्वोधन गर्दै उनिहरुलाई आयआर्जनको क्षेत्रमा परिचालन गर्दै कामकाजी बनाउनुपर्ने उनको भनाई थियो । युवाहरुको समस्या समाधानका लागि थप दवाव र रचनात्मक सहयोग दुवै आवश्यक भएको औल्याउदै उनले आवश्यक खण्डमा युवाका सवालमा सहकार्य गर्न युवा गैसस महासंघ तयार रहेको बताए ।


कार्यक्रममा प्यूठान अस्पत्ताल विकास समितिका अध्यक्ष विजयविराज विष्टले वैदेशिक रोजगारिमा गएका युवाहरुले पठाएको रेमिटान्य्सले देशको अर्थतन्त्र चलायमान हुदै आएको तर ती युवालाई देशमै खपत गर्नमा राज्यको ध्यान जान नसक्नु विडम्बना भएको बताए । परिवर्तनको संवाहक युवाशक्ति भएको र अधिकांश युवाशक्ति वैदेशिक रोजगारमा निर्भर रहदा देशको विकासमै बाधा पुगेको उनको भनाई थियो ।

राज्यले युवाकोसहि व्यवस्थापन र युवाहरु सामाजिक पक्षमा थप सक्रिय भएर अगाडी बढ्न सके समाज परिवर्तनमा कुनै समय नलाग्ने उनले उल्लेख गरे ।
कार्यक्रममा प्यूठान अस्पत्तालका डा.नवीन पोख्रेलले रक्तदान गर्दा शरीरमा कुनै असर नपर्ने हुदा ढुक्कसंग रक्तदान गर्न आग्रह गर्नु भयो । युवा,विभिन्न सामाजिक पक्षहरु समेत रक्तदानका लागि अग्रसर हुदा अस्पतालका सेवाहरु नियमित संचालन मद्यत पुगेको उनको भनाई थियो ।


कार्यक्रमको अवसरमा ८ जनाले रक्तदान गरेका छन् । अस्पत्तालमा रगतको अभाव हुन नदिन विभिन्न पक्षहरुसंगको समन्वयलाई जोड दिदै आएको स्वंयमसेवी रक्तदाता समाजका केन्द्रिय सदस्य मनु लामाले बताए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।