मन्त्रीहरूलाई गगनको सुझाव : एक महिना नबोल्ने ब्रत लिनुहोस्, बोल्ने काम हामी गर्छौं

 

संघर्ष मिडिया डेस्क

नेपाली कांग्रेस सांसद गगन कुमार थापाले परिणाम आउनेगरी काम गर्न नेपाल सरकारका मन्त्रीहरूलाई आग्रह गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले अबको एक महिना नबोली काम  गर्न मन्त्रीहरूलाई सुझाव दिएका हुन्।

उनले उद्घाटन र भाषण छाडेर जनाका काममा इमान्दार भएर लाग्न अनुरोध समेत गरे। मन्त्री थापाले त्यसका लागि छुट्टै कानुन नचाहिने र संविधान संशोधन पनि गर्न नपर्ने भन्दै इच्छाशक्ति भए पुग्ने बताए।

‘साउन महिना सकियो। राम्रो महिना सकियो। तीर्थव्रतहरू पनि सकिए। अब भदौ लाग्न लाग्यो। भदौ एक महिनामा मन्त्रीहरूले नबोल्ने ब्रत लिनुहोस्। उदघाटन नगर्ने ब्रत। बिहान समाचार सुनेपछि म यो गर्छु त्यो गर्छु भनेको सुनिन्छ। गर्ने हो नि। हामी अहिले बोल्ने ठाउँमा छौं। बोलिरहेका छौं। अस्ति गरेको ठाउँमा गरेको देखेकै हो। माननीय मन्त्रीहरू गर्ने ठाउँमा हुनुहुन्छ। प्रत्येक दिन मन्त्रीहरूको भाषण सुनिरहेका छौं। हामी देश विकास गर्न आएको हौं।  हामी चमत्कार गर्छौं। अरे बाबा गरिदिनुस्। तपाईंले एक महिना नबोल्नुस्।  भदौभरी हामी बोल्छौं। हामी यति बोल्छौं कि तपाईं एउटा मात्रै काम गरिदिनुहोस्। त्यसको पाँच  गुणा प्रचार गर्ने जिम्मेवारी हाम्रो हो। धमाधम तपाईंहरूले काम गर्ने । हामी यहाँ बोल्ने । टेबुल ठोक्ने। तपाईं बाहिर बोल्दै नबोल्नुहोस्,’उनले भने,’ यहाँ आउने। हाम्रो कुरा सुन्ने। परिणाम दिनेगरी काम गर्ने। कुनै मन्त्रीको अन्तर्वाता सुन्न नपरोस्। ‘

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।