गाईजात्रामा दिवंगत आफन्तको सम्झना

२०८१ भाद्र ०४
हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमी सम्म मनाइने गाईजात्रा पर्व देशभर विभिन्न कार्यक्रम मार्फत मनाइदै छ ।
एक वर्षभित्र दिवंगत भएका आफन्तका सम्झनामा गाई वा मानिसलाई गाईका रुपमा सिंगारी आ–आफ्नो क्षेत्रमा परिक्रमा गराउने र उनीहरुलाई श्रद्धालुद्धारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न दान दिने चलन छ ।
यसरी नगरपरिक्रमा गर्नाले वर्षभरी मृत्यु भएका व्यक्तिहरु गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्ल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको एतिहासिक तथ्य छ ।
यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउने आदेश दिएअनुुरुप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।