प्यूठानमा एक शिक्षक मृत अवस्थामा भेटिए


भाद्र ११ गते
निर्मला मगर
प्यूठानको ऐरावती गाउँपालिका–०६, जनता माध्यमिक विद्यालय बिजुलीमा अध्यापन गराउदै आउनुभएका शिक्षक चन्द्रमान सापकोटा बाटोमा मृत फेला परेका हुन् ।
जनता माध्यमिक विद्यालय बिजुली देखि झण्डै २ किलो मिटरको बाटोमा सापकोटा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

लामो समय देखि विद्यालयमै बस्दै आएका सापकोटा बरौलामा शिक्षकको तालिम लिन गएको र फर्कदा उक्त घटना भएको प्रहरीले अनुमान गरेको छ । अनुसन्धान गर्दा मृतकको प्युठानमा कोही आफन्त नभएको बुझिएको छ ।

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।