होटल व्यवसायी संघ तथा पर्यटन सूचना केन्द्र प्यूठानद्धारा तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न


भाद्र १३ गते
निर्मला मगर
प्युठान। होटल व्यवसायी  संघ तथा पर्यटन सूचना केन्द्र प्युठानले आयोजना गरेको नेपालीहरुको महान चाड हरितालिका तिज २०८१ को अवसरमा तिज मिलन तथा तर खाने कार्यक्रम संघको सचिवालय भवन प्युठान नगरपालिका—०४ स्थित जुम्रीमा सम्पन गरेको छ ।

कार्यक्रममा प्रमूख अतिथी होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय  सचिव धनेश्वर भण्डारीले तिज वर्षको एक पटक मनाउने हिन्दु नारीहरुको महान पर्व हो जसमा सम्पूर्ण आमा, दिदिबहिनीहरु एकै ठाउँमा भेला भएर दर खाने, नाचगान गरी हर्षउल्लासका साथ मनाउने पर्व भएकाले सबै आमा दिदिबहिनीहरुलाई खुसीका साथ तिज पर्व मनाउनुपर्छ भन्दै तिजको शुभकामना व्यक्त गर्नुभएको थियो ।

त्यस्तै होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष श्री दधिराम भण्डारीले तिज पर्व मनाउन आफ््ना श्रीमानलाई ऋण लाग्ने गरी महंगा कपडा र गहनामा फजुल खर्च नगरी जे छ त्यसैमा सन्तुष्टि भई तिज मनाउनुपर्छ भन्ने  सन्देश दिदैे भण्डारीले हरितालिका तिजको शुभकामना दिनुभयो ।

कार्यक्रममा याक ब्रिवीङ्ग तथा यति डिस्टेलरी प्यूठानका डिलर कृष्ण गिरी, गोख्रा ब्रोअरीका रोल्पा प्यूठानका एक्जुेटिभ ईन्चार्ज शिखर गिरी, जाल्पा होटल समितीका सचिव भुपेन्द्र शर्मा, फलफूल तथा तरकारी व्यवसायी संघको अध्यक्ष पदम बहादुर थापा, निर्माण व्यवसायी संघ प्यूठानका उपाध्यक्ष शोभाराम न्यौपाने, प्युठान उद्योग वाणिज्य संघका महासचिव सन्देस आचार्य र संस्थाका पूर्व अध्यक्ष तथा केन्द्रिय सल्लाहकार चन्द्रलाल न्यौपाने लगायतले उपस्थित सम्पूर्ण आमा दिदिबहिनीहरुलाई तिजको शुभकामना दिनुभएको थियो ।

जुम्रीमा संचालन भएको तिज मिलन तथा दर खाने कार्यक्रम जुद्ध बहादुर कुँवरको अध्यक्षतामा संचालन भएको थियो भने कार्यक्रम संचालन लिलाधर न्यौपानेले गर्नुभएको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।