तीज भड्किलो र खर्चिलो हुन थाल्यो ः का.बा.अध्यक्ष प्रमोद प्रोख्रेल


प्युठान। झिमरुक गाउँपालिका वडा नम्बर ०२ ले सदाको वर्षमा जस्तै यस वर्षमा पनि तीजगित प्रतियोगिता कार्यक्रम शनिवार सम्पन्न  गरेको छ ।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा आयोजना गरिएको तीज गीत प्रतियोगितामा महिला समूह, आमा समूह, विद्यालय, संघसंस्था गरी ११ समूहको उपस्थिती रहेको थियो ।
प्रतियोगितामा सहभागी जनाएका प्रतियोगीहरुले सामाजिक, सास्कृतिक परम्परा झल्कने तीज गीत गाउदै उत्कृष्ट नृत्य पनि प्रस्तुत गरेका थिए । नारीहरु अझैपनि पुरुषको शोषण दमनमा परेका, घरपरिवार, समाज र राष्ट्रले पनि अझै नारीलाई हेर्ने गिद्दे नजर कायमै रहेको वर्षौ बित्दा पनि निर्मला पन्त जस्ता दर्जनौ नाबालिकाहरुले न्याय नपाएको महिला अधिकारहरु संविधानका कागजमा मात्र सीमित रहेका दुःखका कहाली लाग्दा सुमधुर स्वरले झिमरुक गाउँपालिका २ बादिकोट कासीपोखरा गुञ्जयमान भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी तथा झिमरुक गाउँपालिकाका कार्यबाहक अध्यक्ष प्रमोद पोख्रेलले पछिल्लो समय समाजमा महिनौ दिन सम्म दर खाने प्रवितीले परिवारमा कलह, भाडभैलो,विद्रोह, विकृती, बिसङ्गती फैलाएको बताउदै उहाँले दिदीबहिनी आमाहरुले मौलिक संस्कृती झल्किने गरी तीज मनाउन आग्रह गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष तथा झिमरुक गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष कृष्ण प्रसाद पोखे्रलले प्रतियोगितामा सहभागी भएका सबै सहभागीहरुको प्रतिभा उत्कृष्ट रहेकाले कसैलाई पाखा र कसैलाई काखा नगराई सबैलाई समान पुरस्कार वितरण गरेको बताउनु भयो ।
कार्यक्रमलाई थप आकर्षक बनाउन गोलाप्रथामार्फत लक्कीड्रमा पर्न सफल सनराईज युवा क्लबले भने डबल पुरस्कार हात पार्न सफल भएको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।