सहकारी पिडित रविलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय बाहिर कास्कीमा नाराबाजी


असोज ०७ गते
निर्मला मगर
राश्वपा सभापति तथा गृहमन्त्री रवी लामिछानेले गोर्खा मिडिया मार्फत सहकारीको पैसा दुरुपयोग गरेको भन्दै पिडितहरुले जिल्ला प्रशासन कार्यालय कास्कीमा नाराबाजी गर्दै लामिछानेलाई पक्राउ गर्न माग गरेका छन् ।
सहकारी पिडीत र रास्वपाका नेता कार्यकर्ताले गरीरहेको नाराबाजीमा पिडितले लामिछानेलाई पक्राउ गर्न माग गरेका छन् भने रास्वपा नेता कार्यकर्ताले लामिछानेलाई पक्राउ नगर्न चेतावनी दिइरहेका छन् ।

रविकै संलग्नतामा सहकारीको रकम अपचलन भएको भन्दै सुर्यदर्शनका सहकारी पिडितले २२ माघ २०८० मा रवि, गोर्खा मिडिया सहित विभिन्न १८ व्यक्ति र मिडियालाई पक्राउ पुर्जीका लागि जाहेरी दिएका थिए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।