यात्रुहरूको सहजताका लागि थप बस सञ्चालन

निर्मला मगर
असोज १२ गते
 स्वर्गद्वारी गौमुखी यातायात सेवा प्राली प्युठानले यात्रुहरूको सहजताका लागि काठमाडौँबाट प्युठान आउने थप बससेवा सञ्चालन गर्ने भएको छ। हिन्दू नेपालीहरूको महान पर्व विजयादशमी  शुभ दिपावली छठ पर्वलाई मध्यनजर गर्दै यस प्युठान जिल्लाबाट सञ्चालन हुँदै आएको स्वर्गद्वारी गौमुखी यातायात सेवा प्राली प्युठानले काठमाडौँदेखि प्युठान आउने यात्रु वर्गहरूको लागि अतिरिक्त बस सञ्चालन गर्ने सम्बन्धमा आज प्रालिको सभाहलमा पत्रकार सम्मेलन गरी प्रणालीका अध्यक्ष चन्द्रमान श्रेष्ठले जानकारी गराउनुभयो।
श्रेष्ठले पत्रकार सम्मेलनमा बोल्दै थप बस संचालनका लागि डिजेल ५६ हजार, ड्राईभर १० हजार, खानबस्न ५ हजार, मर्मत तीन हजार, बसपार्क शुल्क २ हजार गरी जम्मा ७५—८० हजार रुपैयाँ खर्च लाग्दा दैनिक १६ हजार घाटा भएकाले संचालनमा ल्याएका थप बसको भाडादर २० प्रतिशतले बृद्धि गरिएको श्रेष्ठले बताउनुभयो ।
त्यसै गरी स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि. ले टिकट बुकिङ्ग गर्नका लागि अनलाईन मार्फत स्वर्गद्धारी यातायात एप डाउनलोड गरी टिकट बुकिङ्ग गर्न सकिने ब्यवस्था गरिएको बताउनुभयो ।
सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।