राजकुमारी कुँवर ‘सानु गुल्मेली’ द्वारा लिखित ऐँजेरु कथा संग्रह विमोचन

निर्मला मगर

असाेज १५
प्यूठान। साहित्य  परिषद् प्युठानको आयोजनामा राजकुमारी कुँवर ‘सानु गुल्मेली’  को कथा संग्रह ऐँजेरु  होटल आयुष्मा जुम्री प्युठानमा विमोचन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्युठान नगरपालिकाका नगर प्रमुख विष्णु योगीले कथा संग्रह ऐँजेरुले समाजभित्रका समाज रूपान्तरण गर्नका लागि महत्वपूर्ण सन्देश दिओस भन्दै साहित्य सिर्जनासँग स्थानीय सरकार साहित्य विधामा समन्वय गर्न सकारात्मक रहेको बताउनु भयो ।


विशिष्ट अतिथि प्युठान नगरपालिकाका नगरउपप्रमुख देवेन्द्र वर्मा विमोचन समारोह कार्यक्रममा बोल्दै प्युठान साहित्य परिषद्ले प्रत्येक छ , छ महिनामा विमोचन गर्ने अवसर पाओस भन्दै कथा संग्रहका  स्रष्टा सानु गुल्मेलीलाई सफलताको शुभकामना दिनुभयो।
विमोचन समारोह कार्यक्रममा टेकराज केसी, देवेन्द्र रिजाल, सीता गौतम रिजाल, संजय रिजाल, सन्देश आचार्य, गुमानराज पुलामी, गेहराज थापा लगायतले कथा संग्रहका ऐँजेरु कृतिका स्रष्टा सानु गुल्मेली लाई सफलताको शुभकामना दिनुभएको थियो।
साहित्य परिषद् प्युठान शाखाका कार्यबाहक अध्यक्ष बिमला खनालको अध्यक्षतामा सञ्चालन भएको विमोचन समारोह कार्यक्रममा ब्याज वितरण मोहिनी गुरुङ र रचना सुनारले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन ध्रुव गिरीले गर्नुभएको थियो।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।