कीर्तिपुरमा बाढीले बगाएर एकजनाको मृत्यु, अर्का बेपत्ता

काठमाडौं : वर्षासँगै आएको बाढीले बगाउँदा कीर्तिपुरमा एकजनाको मृत्यु भएको छ। कीर्तिपुर नगरपालिका- ४ मच्छेगाउँको बसपार्क नजिक बस्ने ६२ वर्षीय सहदेव लामाको मृत्यु भएको कीर्तिपुर प्रहरीले जनाएको छ। बिहीबार बिहान वर्षासँगै खोलाबाट पानी उनको घरभित्र पसेको थियो। ढलको पानी छेक्न जाँदा उनलाई बाढीले बगाएको थियो।

यसैगरी कीर्तिपुर नगरपालिका -१० स्थित नयाँ बजारमा  खोलाले  बगाउँदा  प्रल्हाद मर्हजन बेपत्ता भएका छन्। घर अगाडि सरसफाइ गर्दैगर्दा ढिस्कोले पुरिएर उनी बेपत्ता भएका हुन्। उनको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।