स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि द्धारा विद्युतीय गाडी संचालनमा

निर्मला मगर
असोज २० प्युठान । स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि.प्यूठानले आज देखि विद्युतीय सवारी साधन संचालनमा ल्याएको छ । काठमाडौं देखि प्यूठान आएको पाचँ वटा विद्युत्तीय सवारी साधनका चालकहरुलाई आज बिहान जुम्रिमा प्रा.लि. ले स्वागत गरेको हो ।
स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि. ले सञ्चालनमा ल्याएको विद्युतीय सवारी साधनहरु जिल्ला बाहिर संचालन गर्ने प्रा.लि. का लेखापाल दिपेन्द्र कुमार श्रेष्ठको भनाई छ । साथै कुन कुन जिल्लामा संचालन गर्ने बारे समितीको बैठकपछि निर्णय हुने श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।