बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या २४६ पुग्यो, १८ जना बेपत्ता

असोज २१
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी सोमबार दिउसोसम्म २४६ जनाको मृत्यु भएको छ ।
बाढी पहिरो लगायतका विपदमा परी काठमाडौं उपत्यकामा  ७० जना, कोशी प्रदेशमा २० जना, मधेश प्रदेशमा ९ जना, बागमति प्रदेशमा १३९ जना, लुम्बिनी प्रदेशमा २ जना गरी जम्मा २४६ जनाको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।
बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ । विपदमा परेका १७,१७४ जनाको उद्धार गरिएको छ ।
सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।