दिल्लि देखि काठमाडौ आएकाे भिस्तारा एयरमा बम भएकाे हल्लापछि सर्च गर्दै सुरक्षा निकाय

संघर्ष मिडिया डेस्क

कात्तिक ७

भिस्तारा एयरमा बमको हल्लापछि सर्च गर्दै सुरक्षा निकाय, विमानस्थल सञ्चालनमा


भिस्तारा एयरको विमानमा बम रहेको हल्ला चलेपछि प्रहरी, नेपाल आर्मी लगायत सुरक्षा निकायले सर्च गरिरहेका छन् ।
दिल्लीबाट काठमाडौँ अवतरण गरेको उक्त विमानमा बमको हल्ला भएको जानकारी आएपछि आफू त्यसतर्फ गइरहेको उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले जानकारी दिएकी छन् । उनले भनिन्, ‘बम रहेको सूचना सुनेपछि म त्यसतर्फ जाँदैछु । सुरक्षा निकाय परिचालन भएका छन् ।’ विमानमा रहेका सबै यात्रु ओरालिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भने विमान पार्किङ वेमा रहेकाले उडान–अवतरण नियमित रहेको जनाएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।