स्वर्गद्वारी गाैमुखि यातायात सेवामा यात्रा गर्दा दाउन्नेकाे जाममा नपरीने

प्यूठान।स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रा लि प्युठानले यात्रुहरुकाे ध्यानलाई मध्यनजर गर्दै ,प्युठानबाट काठमाडौं संचालन हुने रात्रिकालिन सेवाकाे समय फेरबदल गरेकाे छ।
बुटवल नारायणगढ सडक खन्डकाे बर्दघाट ,दाउन्ने, दुम्किबास सडकमा हाल निर्माणकार्य संचालन भईरहेकाले राति ११ बजे देखि बिहान ५ बजेसम्म सडक बन्द गर्ने सडक सुरक्षा समितिले जारी गरेकाे सुचना जारी गराएकाे छ।
साेहि सुचना अनुसार बैशाख १ गते देखि १५ गतेसम्मका लागि प्रा लि ले यात्रुलाई जाममा नराेकिने गरी समयमै गन्तव्यमा पुराउनका लागि समय फेरबदल गरेकाे कार्यलय प्रमुख बिकास सुबेदिले बताउनु भएकाे छ।
बैशाख दुई गतेदेखि मच्छिबाट डिलक्सबस १ बजे ,बाग्दुलाबाट २:३०बजे र जुम्रिबाट ३:४५ बजेमा काठमाडौंका लागि छुट्ने छ।
प्युठान बाग्दुला देखि काठमाडौंका लागि छुट्ने अर्काे डिलक्स बस  दिउसाे २:४५ बजे टिकुरी बसपार्कबाट र दिउसाे ३ बजे जुम्रि बसपार्क बाट काठमाडौंका लागि प्रस्थान गर्ने छ।
जिल्ला सदरमुकाम खलंगाबाट राजधानी काठमाडौंका लागि छुट्ने सुबिधासम्पन्न ए सि बस दिउसाे २:३० बजे खलंगा बसपार्क  ,३ बजे बाग्दुला टिकुरी बसपार्क हुदै दिउसाे ३:१५ बजे जुम्रि बसपार्क बाट काठमाडौंका लागि छुट्ने कार्यलय प्रमुख सुबेदिले बताउनु भयाे।
प्यूठान देखि काठमाडौं र काठमाडौं देखि प्यूठान स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रा लि का बसहरुमा यात्रा गर्दा दाउन्नेकाे जाममा नपर्ने गरी यात्रुहरुलाई सहि समयमा गन्तव्यमा पुराउनका लागि समय फेरबदल गरिएको र हाल दैनिक तीन बटा बसहरु नियमित छुट्ने गरेकाे प्रा लि का अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउनु भयाे।
यात्रुहरुले स्वर्गद्वारी यातायात  एप डाउनलाेड गरी घरमै बसेर टिकट बुक गरी सेबा लिईरहेकाे समेत अध्यक्ष श्रेष्ठले बताउनु भयाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।