आन्दोलनरत शिक्षकलाई सुबेदिले गरे नगद सहयोग
बैशाख ,८
प्यूठान। प्यूठानको प्रमुख ब्यापारीक केन्द्र प्यूठान नगरपालिका ८ बाग्दुलामा सुवेदी स्टेसनरी तथा पुस्तक पशल सन्चालन गर्दै आएका नाैबहिनि गाउपालिका ७ का खेमराज सुबेदिले शिक्षक महासंघको आन्दोलन प्रति ऐक्यबद्धता प्रकट गर्दै नगद २५००० रुपैयाँ सहयाेग गरेका छन।
सुबेदिले जिल्ला आन्दोलन परिचालन समितिलाई काठमाडौं जादा आउदा र खान बस्नकालागि केही टेवा पुगाेस भनेर आफुसक्दाे सहयाेग गरेकाे बताए ।
सुबेदिले गरेकाे सहयाेगकाे उच्च प्रशंसा गर्दै जिल्ला आन्दोलन परिचालन समितिका अध्यक्ष जानका के शि र सचिब धुर्ब गिरीले धन्यवाद प्रकट गरेका छन।